धूमपान तथा सुर्तीरहित दिवस मनाइँदै : नेपालमा सुर्तीजन्य वस्तुका कारण वर्षेनि २५ हजार धेरैले ज्यान गुमाउँदै

 जेठ १७, २०७८ सोमबार ८:२३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व धूमपान तथा सुर्तीरहित दिवस ‘लत त्याग्नको लागि प्रतिबद्ध बनौँ’ नाराका साथ नेपालमा पनि मनाइँदै छ । धूमपान तथा सुर्तीजन्य वस्तुको सेवनका कारण हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष मे ३१ मा यो दिवस मनाउने गरिन्छ । चुरोट/बिँडी, खैनीसुर्ती लगायतका कारण नेपालमा वर्षेनि २५ हजारभन्दा धेरै मानिसको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ ।

विश्वमा हरेक ८ सेकेण्डमा एकजना सुर्ती खाने व्यक्तिकाे ज्यान जाने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्गठनका अनुसार चुरोट/बिँडीजस्ता सुर्तीजन्य पदार्थ सेवनकर्तालाई कोरोना सङ्क्रमण भइहाले अरुको तुलनामा थप जटिल हुने पाइएको छ । चुरोटको धुवाँले खानेलाई मात्र नभएर यसको आसपासमा बस्नेलाई पनि असर गर्ने डाक्टरले बताउने गरेका छन् ।

धूमपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर पछिल्लो तथ्याङ्कले कलेजोमा पनि असर पर्ने देखाएको छ । गर्भवती भएका बेला सुर्ती तथा चुरोट खाँदा पेटमा भएको बच्चाको कलेजो बिगार्ने अनुसन्धानकर्ताले बताएका छन् । नेपालमा १८ वर्ष नपुगेका व्यक्तिलाई सुर्तीजन्य पदार्थ खरिद तथा बिक्री गर्न नपाउने कानुनी व्यवस्था भएपनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया