फिनल्यान्डकी प्रधानमन्त्रीको ‘ब्रेकफास्ट बिल’ को प्रहरीले जाँच गर्ने

 जेठ १७, २०७८ सोमबार १३:५९:१४ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – फिनल्यान्डकी प्रधानमन्त्री सना मरिनको बिहानको खाजा (ब्रेकफास्ट) को बिल अहिले चर्चाको विषय बनेको छ । सबैतिर यही ब्रेकफस्ट बिलको चर्चा भइरहेको छ । केहीले प्रधानमन्त्री सना मरिनमाथि सरकारी पैसा दुरुपयोगको आरोप लगाएका छन् भने केहीले भ्रष्टाचारसँग उहाँको सम्बन्ध रहेको बताइरहेका छन् ।

यसै विषयमा त्यहाँको स्थानीय प्रहरीले जाँच गर्ने बताएको छ । प्रधानमन्त्री मरिनले सरकारी आवासमा परिवारसँग ब्रेकफास्टमा निकै पैसा खर्च गरेको आरोप उहाँमाथि छ । स्थानीय सञ्चारमाध्यममा यो विषय सार्वजनिक भएपछि प्रधानमन्त्रीलाई निसाना बनाइएको छ । 

'ट्याबलाेइड इलतलेहती' को रिपोर्टमा प्रधानमन्त्री सना मरिनले आफ्नो आधिकारिक निवास केसरन्तामा रहँदै परिवारसँगको नास्ताका लागि हरेक महिना झन्डै तीन सय युरो खर्च गरिरहेको आरोप लगाइएको छ । 

यो प्रतिवेदनपछि विपक्षहरु आक्रामक बनेका छन् । प्रधानमन्त्री सना मरिनले आफूभन्दा पहिलेका प्रधानमन्त्रीले पनि यसको लाभ लिएको बताउनुभयो । उहाँले ट्विटरमा भन्नुभएको छ, ‘प्रधानमन्त्रीको रुपमा मैले यो लाभ मागेको छैन र यसबारेमा निर्णय लिन पनि सहभागी भएको छैन ।’  

कानुनी विशेषज्ञले प्रधानमन्त्रीको बिहानको नास्ताका लागि करदाताको पैसाको उपयोग गर्नु फिनिश कानुनुको उल्लङ्घन हुन सक्ने सुझाव दिएका छन् । 

शुक्रवार प्रहरीले यस मुद्दा जाँच गर्ने घोषणा गरेको हो । प्रहरीले एक विज्ञप्तिमा भनेको छ, ‘प्रधानमन्त्रीको नास्तामा खर्च गरिएको पैसा सरकारबाट लिइएको हो । यद्यपि कानुनले यो इजाजत दिँदैन ।’ 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया