शक्तिशाली मन्त्रालयसहित जसपाको ठाकुर पक्ष केही दिनभित्रै सरकारमा जाने

 जेठ १७, २०७८ सोमबार १४:५३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह छिटै सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी हुने र अन्य विषयमा साेमवार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको जसपाकाे ठाकुर समूहले सकभर यसै हप्ताभित्र सहभागी हुने जानकारी दिएको हो ।

अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका नेताहरूले आज प्रधानमन्त्रीसँग जसपाले उठाएका माग र सरकारमा सहभागी हुनेबारे छलफल गरेका थिए । पूरा हुन बाँकी माग छिटै सम्बोधन हुने र आफूहरू पनि सरकारमा सहभागी हुने कुरा छलफलमा भएको नेता कर्णले उज्यालोलाई जानकारी दिनुभयो ।

सरकारमा जाने कुरा सके एक/दुई दिनभित्रै, नसके यो हप्ताभित्र टुङ्गिने नेता कर्णको भनाइ छ । सरकारमा जाने भएपछि सम्मानजनक स्थानका लागि केही शक्तिशाली मन्त्रालय पाउने गरी कुरा भएको कर्णले जानकारी दिनुभयो । अहिले मधेश आन्दोलनका क्रममा जेलमा रहेकाहरूलाई छुटाउने, उनीहरूलाई राहत र क्षतिपूर्ति, संविधान संशोधनलगायतका मुद्दामा आफूहरू धेरै केन्द्रित रहेको कर्णले बताउनुभयो ।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले भने सरकारमा जाने तयारी गरेको भन्दै ठाकुरसहितका नेतालाई स्पष्टीकरण सोधेको छ । यो पक्ष विपक्षी गठबन्धनसँगै प्रतिनिधि सभा विघटनको विरुद्धमा रहेको छ । जसपामा ठाकुर पक्षले पनि यादव पक्षलाई स्पष्टीकरण सोधिसकेको छ ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया