घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – गाउँपालिका राष्ट्रिय महासङ्घले सबै नागरिकलाई जति सक्दो छिटो कोरोना भाइरसविरुद्धको खोप सुनिश्चितता गर्न आग्रह गरेको छ । महासङ्घले खोप आयातमा सबै प्रकारका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।
प्राथमिक उपचार तथा व्यवस्थापन पालिकाको दायित्व भए पनि जटिल उपचार र खोपको व्यवस्थापन सङ्घ सरकारको जिम्मेवारी रहेको भन्दै गाउँपालिका राष्ट्रिय महासङ्घले विज्ञप्ति निकालेर दायित्व प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन चाहने नागरिकका लागि गरेको अनलाइन आवेदन ग्रामीण क्षेत्रका लागि अव्यावहारिक भएको भन्दै महासङ्घले समानुपातिक रूपमा खोपको वितरण हुनुपर्नेमा पनि जोड दिएको छ ।
पालिका आफैँले खोप खरिद गर्न अनुमति माग्दै सिंहदरबार धाउनुपर्ने अवस्थाले सङ्घीयताकै मर्म हराउँदै गएको महासङ्घको ठहर छ । जनसङ्ख्याका आधारमा पालिकालाई खोप उपलब्ध गराउन र स्थानीयस्तरमै खोप अभियान चलाउनुपर्ने महासङ्घका अध्यक्ष होम नारायण श्रेष्ठ र महासचिव वंशलाल तामाङले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
गोरखाको बारपाक जस्तो दुर्गम र घना बस्तीमा समेत कोरोना सङ्क्रमण फैलिएको अवस्थामा दुर्गम क्षेत्रका सङ्क्रमितलाई सुविधायुक्त अस्पतालमा पुर्याउन समस्या देखिएकाले बाटोको असुविधा र धेरै समय लाग्ने भएकाले निश्चित मापदण्ड बनाइ हवाई माध्यमबाट उद्दारकाे व्यवस्था मिलाउन पनि महासङ्घले अनुरोध गरेको छ ।
त्यस्तै बजेटमा व्यवस्था गरे भन्दा बाहिर गएर पालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्नुपर्ने बाध्यता परेको विज्ञप्तिमा भनिएको छ । महासङ्घले महामारीसँग जुध्न तीन तहकै सरकारबीच प्रभावकारी समन्वय र स्पष्ट जिम्मेवारी बाँडफाँड हुनुपर्नेमा जोड दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।