कोपा अमेरिका फुटबल प्रतियोगिता ब्राजिलमा हुने

 जेठ १७, २०७८ सोमबार २०:२७:० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका ब्राजिलमा हुने भएको छ । अर्जेन्टिनामा हुने तय भएको प्रतियोगिता कोरोना महामारीका कारण त्यहाँ नहुने भएपछि अन्योल भएको थियो ।

दक्षिण अमेरिकी फुटबल महासङ्घले प्रतियोगिता अर्जेन्टिनाबाट ब्राजिलमा गर्ने निर्णय गरेको फुटबलसम्बन्धी वेबसाइट गोल डटकमले जनाएको छ । कोपा अमेरिका सुरु हुनु १३ दिनअघि आज बिहान मात्रै अर्जेन्टिनामा नहुने भएपछि अन्योल भएको थियो ।

प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुनेछ । सन् २०२० मा हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना महामारीका कारण एक वर्षपछि सरेको हो ।   

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया