आज नेप्सेसँगै काराेबार रकम पनि घट्याे

 जेठ १८, २०७८ मंगलबार १६:१७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से मङ्गलवार (आज) पनि घटेको छ । हिजो ४५ अङ्कभन्दा धेरैले घटेको नेप्से आज साढे ११ अङ्कले घटेको छ । नेप्से आज ११ दशमलव ६८ अङ्कले घटेर २७ सय ७१ दशमलव १५ अङ्कमा झरेको छ । 

आज जीवन बीमा समूहको शेयर सबैभन्दा बढी एक सय ७६ अङ्कले घटेको छ । त्यस्तै निर्जीवन बीमा समूहको शेयर १२३ अङ्कले, व्यापार समूहको शेयर ९३ अङ्कले र होटल तथा पर्यटनको शेयर ९१ अङ्कभन्दा धेरैले घटेको छ । आज विकास बैंक समूहको शेयर भने २१ अङ्कभन्दा धेरैले बढेको छ ।

आज कारोबार रकममा पनि कमी आएको छ । आज आठ अर्ब ५९ करोड रुपैयाँ बराबरका एक करोड ९७ लाख कित्ता शेयर कारोबार भयो ।

आज दिव्यश्वरी हाइड्रोपावरको शेयर मूल्य पाँच प्रतिशत, जोशी हाइड्रोपावर र आँखु खोला हाइड्रोको शेयर मूल्य चार प्रतिशतभन्दा धेरैले घटेको छ । आज बजार घटेको दिन पनि कालिका पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।    

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया