घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – काभ्रेकाे जङ्गलमा बेवारिसे अवस्थामा भेटिएको लोपोन्मुख सेतो रतुवा मृगकाे पाठाेलाई सदर चिडियाखानामा ल्याइएको छ । घाँस काट्न जाँदा स्थानीयवासीले भेटेर ल्याएका सेतो रतुवा मृगलाई सब डिभिजन वन कार्यालय खोपासी र डिभिजन वन कार्यालय काभ्रेले सदर चिडियाखानालाई जिम्मा लगाएको हो ।
सदर चिडियाखानाका भेटनिरियन डाक्टर पर्वतजङ्ग थापाले सेतो रतुवा मृग चिडियाखानाले जिम्मा लिएको बताउनुभयो । अभिभावक गुमाएको अवस्थामा भेटिएको सेतो रतुवा मृगलाई चिडियाखानामा राखेर हेरविचार तथा संरक्षण गरिने उहाँले बताउनुभयो ।
यो प्रजातिको मृग लाखौँमा एक मात्रै भेटिने भन्दै लोपोन्मुख अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । भर्खरैको मृग भएका कारण अभिभावक नभएको अवस्थामा जङ्गलमा बस्न गाह्रो हुने भएकाले यसको संरक्षणका लागि चिडियाखानामा राख्नुपरेको डा. थापाले उल्लेख गर्नुभयो ।
भेटनिरियन डा. थापाले आफूहरूले काठमाण्डाै उपत्यका र काठमाण्डाैबाहिरका पनि अप्ठ्यारोमा परेको अवस्थामा भेटिएका जनावरलाई उद्धार गरी संरक्षण गर्ने गरेको बताउनुभयो । उद्धार गरिएका जनावरहरू प्राकृतिक वातावरणमा रम्न सक्ने अवस्था भएमा प्राकृतिक वातावरणमै छाडिदिने र प्राकृतिक वातावरणमा उनीहरूको जीवन सङ्कटमा परेको अवस्थामा भने चिडियाखानामै राखेर संरक्षण गरिने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।