नेपालमा कोरोना सङ्क्रमण निको हुने दर ८० प्रतिशत नाघ्यो

 जेठ १८, २०७८ मंगलबार १७:५१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेभिड–१९ सङ्क्रमण मुक्त हुने दर लगातार बढ्दै गएको छ । गएको २४ घण्टामा ६ हजार आठ सय ९८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले निको हुने दर ८० दशमलव २ प्रतिशत पुगेको छ ।

यस्तै गएको २४ घण्टामा २० हजार एक सय ६५ जनाको परीक्षण गर्दा ६ हजार ८५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १७ हजार एक सय ४७ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार दुई सय ८५ जनामा र तीन हजार १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा आठ सय जनामा सङ्क्रमण पुष्टि भएको हो ।

अब नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या पाँच लाख ६६ हजार पाँच सय ८७ पुगेकाे छ । अहिले नेपालमा एक लाख चार हजार सात सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

आज सङ्क्रमण पुष्टि भएकामध्ये काठमाडौ उपत्यकाका एक हजार पाँच सय ५८ जना रहेका छन् । गएको २४ घण्टामा काठमाण्डाैमा एक हजार ६० जना, भक्तपुरमा दुई सय १५ जना र ललितपुरमा दुई सय ८३ गरी एक हजार पाँच सय ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हाे ।

यस्तै काेराेना सङ्क्रमणका कारण २४ घण्टामा ६८ जनाको ज्यान गएको छ । याेसँगै नेपालमा काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या सात हजार चार सय ५४ पुगेकाे छ ।  

अन्तिम अपडेट: कात्तिक २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया