घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – नेपाललाई अनुदान स्वरूप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप आइपुगेको छ । दश लाख खोपकाे मात्रामध्ये आज नौ लाख मात्रा नेपाल ल्याइएको हो ।
हिमालय एअरलाइन्सबाट एक लाख र नेपाल वायु सेवा निगमको जहाजमार्फत आठ लाख मात्रा खोप ल्याइएको होे । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमको एअरबस–३३० (वाइडबडी) ले आठ लाख मात्रा खोप ल्याएको जानकारी दिनुभयो । याे खोप लिन सोमवार राति वाइडबडी जहाज चीनको राजधानी बेइजिङ उडेको थियो ।
बाँकी एक लाख डोज खोप लिन बुधवार हिमालय एअरलाइन्सको जहाज कुनमिङ जाने बताइएको छ । एअरलाइन्सले आफ्नाे सामाजिक उत्तरदायित्वअन्तर्गत ती दुई लाख मात्रा खोप निःशुल्क ल्याइने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।