स्वास्थ्यकर्मीहरूलाई एक कराेड रुपैयाँकाे पुरस्कार प्रदान गरिँदै

 जेठ १८, २०७८ मंगलबार १९:३८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – कोभिड–१९ सङ्क्रमित बिरामीकाे उपचारमा जुटिरहेका स्वास्थ्यकर्मीहरूलाई सम्मान गर्न एक व्यावसायिक प्रतिष्ठान अगाडि आएको छ । काठमाण्डाैमा रहेको कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजले एक करोड रुपैयाँ स्वास्थ्यकर्मीहरूलाई सम्मान स्वरूप पुरस्कार दिने भएको हो ।   

इन्टरप्राइजका अध्यक्ष सुहृद घिमिरेले कोरोना सङ्क्रमितको उपचार सेवामा खटिएका देशभरिका एक सय जना स्वास्थ्यकर्मीलाई एक लाख रुपैयाँका दरले सम्मान पुरस्कार दिन नगद सहयोग गर्ने बताउनुभयो । 

कोरोना सङ्क्रमणको जोखिममा खटिएका स्वास्थ्यकर्मीको कामको सम्मान गर्न र मनोबल उच्च बनाउन आफूहरूले सहयोग गर्न अगाडि आएको अध्यक्ष घिमिरेकी सुपुत्री अदिति घिमिरेले जानकारी दिनुभयो । 
स्वास्थ्यकर्मीलाई छान्ने र पुरस्कृत गर्ने काम भने बारबारा फाउन्डेशनले गर्नेछ । 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया