चीनको सिनोभ्याक खोपलाई पनि डब्ल्यूएचओको आपतकालीन प्रयोगको अनुमति

 जेठ १९, २०७८ बुधबार ६:१७:३७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनले विकास गरेको सिनोभ्याक खोपलाई पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

चीन, ब्राजिल, चिली, इण्डोनेशिया, मेक्सिको लगायतका देशमा प्रयोग भइरहेको कोरोना विरुद्धको खोप सिनोभ्याकलाई डब्ल्यूएचओले आपतकालीन प्रयोगको अनुमति दिएको बीबीसीले जनाएको छ । चीनले नै विकास गरेको सिनोफार्म खोपले भने यस अघि नै डब्ल्यूएचओबाट आपतकालीन प्रयोगको अनुमति पाइसकेको छ ।

आपतकालीन प्रयोगको अर्थ उत्पादन, सुरक्षा र प्रभावकारिताका हिसाबले अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको भन्ने रहेको डब्ल्यूएचओले जनाएको छ । सिनोभ्याक १८ वर्षभन्दा माथि उमेर समूहका लागि लगाउन सकिन्छ भने दुई देखि चार हप्ताको बीचमा दोश्रो मात्रा लिनुपर्छ ।

डब्ल्यूएचओको अनुमतिसँगै यो खोप कोभ्याक्स सुविधा अन्तर्गत प्रयोग गर्ने बाटो खुलेको र यसले खोपको पहुँच विस्तारमा सहयोग पुग्ने डब्ल्यूएचओको विश्वास छ । यो खोपले लक्षणसहितको सङ्क्रमणलाई आधा भन्दा बढी र अस्पताल भर्ना हुने दरलाई शतप्रतिशत रोक्ने अध्ययनले देखाएको छ । दुई देखि आठ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने सिनोभ्याक विकासोन्मुख देशहरुको लागि उपयोगी हुने देखिन्छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया