आईएमई फाउण्डेशनद्वारा तीन करोड बराबरको स्वास्थ्य उपकरण सहयोग

 जेठ १९, २०७८ बुधबार ६:४३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईएमई फाउण्डेशनले कोरोनाको रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरेको छ ।

आईएमई फाउण्डेशनका संरक्षक तथा आईएमई ग्रुपका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल र फाउण्डेशनका अध्यक्ष तथा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको हो ।

फाउण्डेशनले गण्डकी प्रादेशिक अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, र निजामती कर्मचारी अस्पताललाई ८० थान अक्सिजन कन्सन्ट्रेटर (हरेकलाई २० थान) सहयोग गरेको हो । त्यसैगरी, फाउण्डेशनले जनता स्वास्थ्य केन्द्रद्वारा सञ्चालित आइसोलेशन सेन्टरलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । 

यसका अतिरिक्त फाउण्डेशनले शुक्रराज सरुवारोग अस्पताल, टेकुमा करिब एक करोड २८ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट स्थापनाको लागि पनि प्लान्ट अर्डर गरिसकेको जनाएको छ ।

यस अघि फाउण्डेशनले वैदेशिक रोजगारीमा रहँदा ज्यान गुमाएका नेपालीहरूको घरपरिवारहरूको सहयोगार्थ ‘भरोसा कोष’ को स्थापना गरी करिब एक सय प्रभावित घरपरिवारलाई प्रतिव्यक्ति ५८ हजार रुपैयाँ राहत उपलब्ध गराएको थियो । 

आईएमई फाउण्डेशन आईएमई ग्रुपअन्तर्गत सञ्चालित एक मुनाफारहित परोपकारी संस्था हो । 
 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया