भारतमा कक्षा १२ को बोर्ड परीक्षा रद्द

 जेठ १९, २०७८ बुधबार ११:३४:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतले कक्षा १२ को बोर्ड परिक्षा रद्द गरेको छ । कोरोना महामारीका कारण केन्द्रीय माध्यमिक शिक्षा परीक्षा बोर्ड (सीबीएसई) अन्तर्गत रहेको कक्षा १२ को परिक्षा रद्द भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आन्तरिक क्रियाकलापका आधारमा २० नम्बर र यस अघि विद्यालयले लिएका परीक्षाको आधारमा ८० अङ्क पाउने गरी मूल्याङ्कन गर्ने व्यवस्था गरेर यस वर्षको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा मन्त्री रमेश पोखरियाल निशंकले बताउनुभएको छ ।

भारतमा कक्षा १० को परीक्षा यस अघि नै स्थगित भइसकेको छ । कक्षा १२ पछि क्याम्पस अध्ययनका लागि भर्ना हुने समय हुन लागेकोले आन्तरिक मुल्याङ्कनबाटै नतिजा प्रकाशन गर्ने गरी परीक्षा स्थगित गरेको मन्त्री निशंकको भनाइ छ ।

कोरोनाको दोस्रो लहरको चपेटामा रहेको भारतमा अहिले सबै शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितिमा हुने क्रियाकलाप बन्द गरिएका छन् ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया