चुरे क्षेत्र दोहन हुन नदिने अर्थ मन्त्रालयको प्रतिबद्धता

 जेठ १९, २०७८ बुधबार १५:२८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थ मन्त्रालयले चुरे क्षेत्रको संरक्षणमा सरकार प्रतिबद्ध रहेको जनाएको छ । सरकारले बजेटमार्फत खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा घटाउने बताएपछि चौतर्फी विरोध भइरहेको छ ।

अर्थ मन्त्रालयले विज्ञप्ति निकालेर खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार चुरे/भावर/शिवालिक र नदी प्रणालीबाहेक उपयुक्त क्षेत्रमा खानी उत्खनन गर्ने नीतिगत दृष्टिकोण प्रस्तुत गरिएको जनाएको छ । चुरे क्षेत्रबाट निर्माण सामग्रीको दोहन हुन नदिन र वातावरणमा नकारात्मक प्रभाव पर्न नदिन सरकार सचेत रहेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित सरकारी निकाय, वातावरणविद्, विषय विज्ञ र सरोकारवालासँग छलफल गरेर प्राप्त हुने सल्लाह–सुझावका आधारमा कार्यविधि, निर्देशिका, मापदण्ड र कानुनी प्रबन्ध गर्न तथा वातावरण र जीविकामा प्रतिकूल प्रभाव पर्न नदिन सरकार प्रतिबद्ध रहेको अर्थ मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया