कश्मीर : धेरै 'हाेमवर्क' दिएकाे भन्दै ६ वर्षीया बालिकाले गुनासाे गरेपछि नियम नै परिवर्तन

 जेठ १९, २०७८ बुधबार १८:६:८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एएनआई/ट्विटर

काठमाण्डाै – कोरोनाकालमा लगातार भइरहेको अनलाइन कक्षा र धेरै गृहकार्यबाट दिक्क भएकी एक बालिकाको भिडियो भाइरल भएपछि जम्मू–कश्मीरको शिक्षा विभागले नयाँ निर्देशन जारी गरेको छ । 

नयाँ नियमअनुसार विद्यालयले बालबालिकाको अनलाइन पढाइको समय नै तय गरिएको छ । साथै कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीका लागि अति आवश्यक पर्दा मात्रै गृहकार्य दिन भनिएको छ । 

केही दिनअघि कश्मीरकी ६ वर्षीया एक बालिकाको भाइरल भिडियो भएको थियो जसमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लगातार चलिरहेको अनलाइन पढाइबाट बालबालिकामा दबाब परिरहेको बताएकी थिइन् ।   

माहिरू नाम गरेकी ती बालिकाले भनेकी थिइन्, ‘मेरो कक्षा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मभ हुन्छ । साना बालबालिकालाई यति धेरै गृहकार्य किन दिइन्छ मोदीजी ?’

दुई दिनअघि जम्मू–कश्मीरका उप–राज्यपाल मनोज सिन्हाले पनि यस भिडियोलाई रिट्वीट गर्दै लेख्नुभएको थियो, ‘निकै मिठो गुनासो । मैले स्कुले बालबालिकाको गृहकार्यको बोझ घटाउनका लागि ४८ घण्टाभित्र नीति ल्याउन शिक्षा विभागलाई निर्देशन दिएको छु ।’

अब जम्मू–कश्मीरको शिक्षा विभागले विद्यालयहरुलाई भारत सरकारको निर्देशन लागू गर्न भनेको छ । 

कस्तो छ नयाँ नियम ?

यस नियमअनुसार प्रि–प्राइमरी कक्षाका विद्यार्थीका अभिभावकसँग कुरा गर्न र उनीहरुलाई मार्गदर्शन गर्न ३० मिनेटभन्दा बढी समय लिन पाउने छैनन् ।

कक्षा एकदेखि कक्षा आठसम्म दिनमा दुई सेसनभन्दा धेरै कक्षा नलिन भनिएको छ र एक सेशन ३० देखि ४५ मिनेटको हुनुपर्ने निर्देशनमा उल्लेख छ । 

त्यस्तै नौदेखि १२ कक्षासम्मका विद्यार्थीको अनलाइन पढाइ चार सेसनभन्दा बढी लिन पाइने छैन । उनीहरुका लागि पनि एक सेसनको अवधि ३० देखि ४५ मिनेट तोकिएको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया