सांसदसँग नेतान्याहुकाे अपिल– ‘खतरनाक गठबन्धन’ लाई सत्तामा आउन नदिनुस्

 जेठ २०, २०७८ बिहीबार २०:२:४४ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले देशमा बनिरहेकाे राजनीतिक गठबन्धनमाथि आपत्ति जनाउनुभएकाे छ । 

नयाँ गठबन्धनले १२ वर्षदेखि प्रधानमन्त्री पदमा रहनुभएका नेतान्याहुलाई हटाएर सत्तामा आउने अनुमान गरिएकाे छ । ​नेतान्याहुले नयाँ गठबन्धनलाई सत्तामा आउन नदिन दक्षिणपन्थी सांसदहरू अपिल गर्नुभएकाे छ । 

बुधवार बेलुका इजरायलका आठ विपक्षी पार्टी मिलेर नयाँ सरकार बनाउने विषयमा सहमति बनेकाे थियाे । तर अलग–अलग विचारधाराका यी पार्टीहरूले सत्ता सम्हाल्नका लागि संसदमा बहुमति जुटाउनु पर्नेछ ।

गठबन्धन बनाउने घाेषणापछि आफ्नाे पहिलाे बयानमा नेतान्याहुले भन्नुभएकाे छ, ‘यस गठबन्धनकाे विराेधमा मतदान गर्न दक्षिणपन्थी मतदाताहरूकाे मतबाट चुनिएका सांसदहरूलाई अपिल गर्दछु ।’

नेतान्याहुले आफ्नाे ट्वीटमा नयाँ गठबन्धनलाई 'लेफ्ट विङ्ग' र 'खतरनाक' काे संज्ञा दिनुभएकाे छ । 

यसअघि गठबन्धन बनाउने प्रयास भइरहँदा उहाँले यसलाई 'शताब्दीकै सबैभन्दा ठूलाे ठगी' बताउँदै यसबाट देश र यहाँका नागरिकलाई खतरा भएकाे भन्नुभएकाे थियाे । 

गएकाे मार्चमा भएकाे चुनावमा सबैभन्दा धेरै सिट जिते पनि नेतान्याहुकाे लिकुड पार्टी बहुमतबाट निकै टाढा भएकाे थियाे र त्यसपछि गठबन्धन गर्ने प्रयास पनि असफल भएकाे थियाे । 

विश्लेषकहरूका अनुसार अब नेतान्याहु नयाँ गठबन्धनले संसदमा बहुमत जुटाउन नसक्ने प्रयासमा लाग्नु हुनेछ ।   

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया