राष्ट्रपतिको ट्वीट डिलिट भएपछि नाइजेरियामा ट्विटर प्रयोगमा रोक

 जेठ २२, २०७८ शनिबार १७:३८:७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – नाइजेरियाले सामाजिक सञ्जाल ट्विटर सञ्चालनमा अनिश्चितकालका लागि रोक लगाएको छ ।

नाइजेरिया सरकारले देशभर अनिश्चितकालका लागि ट्विटर सञ्चालनमा रोक लगाएको बीबीसीले जनाएको छ । नाइजेरियाको संस्थागत अस्तित्वलाई नै खतरामा पार्ने गतिविधिमा ट्विटर प्रयोग हुन थालेको भन्दै रोक लगाइएको हो । ट्वीटरले भने नाइजेरियाली सरकारको यो कदमको विरोध गरेको छ ।

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले केही दिन अघि गरेको एक ट्वीट नियम विपरीत रहेको भन्दै ट्विटरले हटाएको थियो । बुहारीले आफ्नो ट्वीटमा १९६७ देखि ७० सम्म नाइजेरियामा भएको गृहयुद्धलाई संकेत गर्दै अभिव्यक्ति प्रकट गरेपछि ट्वीट हटाइएको थियो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया