माेदीकाे घाेषणा– ‘८० कराेड भारतीयले नाेभेम्बरसम्म सित्तैमा खानेकुरा पाउँछन्’

 जेठ २४, २०७८ सोमबार २०:४१:५२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले ८० कराेड नागरिकलाई दीपावली नाेभेम्बरसम्म सित्तैमा खानेकुरा दिने बताउनुभएकाे छ । साेमवार देशवासीका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री माेदीले सित्तैमा काेराेना खाेप र विपन्नलाई सित्तैमा खानेकुरा दिने घाेषणा गर्नुभएकाे हाे । 

उहाँले 'प्रधानमन्त्री गरिब कल्याण अन्न याेजना' लाई दीपावलीसम्म बढाउने घाेषणा गर्नुभएकाे हाे । ‘यस याेजनाका अनुसार ८० कराेड विपन्न परिवारलाई दीपावलीसम्म प्रत्येक महिना सित्तैमा खानेकुरा पाइरहने छन्’, माेदीले भन्नुभयाे । 

'प्रधानमन्त्री गरिब कल्याण अन्न याेजना' अन्तर्गत गरिब रासन कार्ड धारकहरूले पाँच किलाे थप गहुँ र चामल पनि सित्तैमा दिइने छ । 

साथै उहाँले काेराेना खाेपबारे पनि भन्नुभयाे, ‘अब २१ जुनदेखि केन्द्र सरकारले १८ वर्षभन्दा माथिका सबै भारतीय नागरिकलाई सित्तैमा काेराेना खाेप उपलब्ध गराउनेछ । राज्य सरकारसँग रहेकाे २५ प्रतिशत खाेप अभियानकाे काम पनि अब केन्द्र सरकारले गर्नेछ ।’ 

अहिले देशमा बनिरहेकाे खाेपमध्ये २५ प्रतिशत डाेज निजी अस्पतालले सिधै खरिद गर्न सक्ने पनि प्रधानमन्त्री माेदीले बताउनुभयाे । ‘यस्ता अस्पताल खाेपकाे तय गरिएकाे मूल्य भन्दा एक डाेजमा अधिकतम एक सय ५० भारु मात्रै सर्भिस चार्ज लिन सक्नेछन् । यसकाे निगरानी गर्ने काम राज्य सरकारसँग नै रहनेछ’, उहाँले भन्नुभयाे ।   

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया