उडान बन्द हुँदा मलेसियामा मात्रै ३५ नेपालीको शव अड्कियो

 जेठ २५, २०७८ मंगलबार १५:१३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अन्तर्राष्ट्रिय उडान बन्द हुँदा मलेसियामा ३५ नेपालीको शव अड्किएको छ ।

सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको एक महिनाको अवधिमा मलेसियामा मात्रै लगभग ३५ नेपालीको शव रोकिएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार घर करार, भिसा सकाएर नेपाल फर्कन खोज्ने नेपालीको सङ्ख्या पनि बढ्दै गएको छ । 

नेपालले उडान बन्द गरेपछि करार सकिएर घर फर्कन खोज्नेहरू मात्रै लगभग एक हजार जना रहेको राजदूत पाण्डेले बताउनुभयो ।

मलेसियामा विभिन्न कारणले जेल परेका र जेलको समयावधि सकेर ६५ जना नेपाली घर फर्कने दिन कुरिरहेका छन् । 

‘दिनहुँ घर फर्कन पर्नेहरूको सङ्ख्या बढ्दो छ, हामीले कम्तीमा हप्तामा एउटा भए पनि उडान खोलिदिनुहोस् भनेको हो, उडान नखोली समस्याको समाधान हुँदैन,’ राजदूत पाण्डेले भन्नुभयो ।

मलेसियामा गएको वर्षजस्तो रोजगारी गुमेर अलपत्र पर्ने अवस्था छैन अहिले छैन । करार सकिएर घर फर्कने तयारीमा रहेकाहरूलाई कम्पनीले नै खान र बस्ने व्यवस्था गरिरहेको छ ।

मलेसियामा पनि पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दो छ । नेपाली श्रमिक पनि सङ्क्रमित भइरहेका छन् । तर कोरोना सङ्क्रमित सबै नेपालीलाई मलेसिया सरकारले आफ्ना नागरिक सहर उपचार गरिरहेको राजदूत पाण्डेले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • Md Nausad Alam

    June 8, 2021, 4:17 p.m.

    धेरै दु:खद घटना तर सरकार मात्र कुर्सी को लागि व्यस्त र श्रमिक दु:खद संकटमा छन। त्यस्तै साउदी अरेबिया,कुवेत लगायत देशमा पनि श्रमिक चिन्ताजनक अवस्था मा छन। सरकार ले अहंकार मा छन । मेरो आग्रह अन्तर्राष्ट्रिय उडान खोल्नु ।

  •  0 Reply

तपाईको प्रतिक्रिया