११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण बुझाए
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजारमा उछाल आउने क्रम मङ्गलवार पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से ५३ दशमलव ४४ अङ्कले बढेर २९ सय ६० दशमलव १४ विन्दुमा पुगेको छ ।
आज होटल, माइक्रोफाइनान्स र लगानीबाहेक सबै समूहको शेयर बढेको छ । विकास बैंक समूहको शेयर तीन सय ९८ अङ्कले, फाइनान्सको एक सय ८५ अङ्कले, बैंकिङ समूहको शेयर २०, व्यापारको १९, जलविद्युतको ५८, जीवन बीमाको ६ सय ६९, निर्जीवन बीमाको पाँच सय ५४, उत्पादनको एक सय २९ र अन्य समूहको शेयर ४५ अङ्कले बढेको छ ।
आज दुई सय १७ कम्पनीका तीन करोड ५७ लाख कित्ता शेयर १६ अर्ब ९५ करोड रुपैयाँमा कारोबार भएकाे छ । विकास बैंक र फाइनान्स समूहका धेरैजसो कम्पनीको शेयरमा आज सकारात्मक सर्किट लागेको छ । ३६ वटा कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।
समग्र बजार बढे पनि मेरो लघुवित्त, सामुदायिक लघुवित्त, महिला लघुवित्त र हिमाल दोलखा हाइड्रो कम्पनीको शेयर दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।