‘डाउन’ भएका अमेजन, द गार्जियन लगायतका वेबसाइट फेरि सुरु भयो

 जेठ २५, २०७८ मंगलबार १८:३३:१५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – झन्डै एक घण्टासम्म डाउन भएका विश्वभरका प्रमुख केही अखबार, मिडिया, कम्पनी लगायतका वेबसाइट फेरि सुरु भएका छन् । मङ्गलवार दिउँसो अमेजन, रेड्डीट लगायतका वेबसाइट डाउन भएका थिए । 

बेलायत सरकारको वेबसाइट gov.uk का साथै द फाइनान्सियल टाइम्स, द गार्जियन र द न्युयोर्क टाइम्सको वेबसाइट पनि डाउन भएका थिए । प्रभावित वेबसाइटमा "Error 503 Service Unavailable" यस्ताे म्यासेज देखिन्थ्याे ।

सुरुवाती जानकारीका अनुसार क्लाउड कम्प्युटिङ प्रदान गर्ने कम्पनी ‘फास्टली’ मा प्राविधिक समस्याका कारण यस्तो भएको हुन सक्ने बताइएको थियो । ‘फास्टली’ बाट कैयौँ महत्त्वपूर्ण वेबसाइट्सलाई सहयोग मिल्ने गर्दछ ।

यो समस्या ब्रिटिश समर टाइम (बीएसटी) को बिहान ११ बजेदेखि सुरु भएको र झन्डै एक घण्टासम्म रहेको थियो । यसबाट प्रभावित वेबसाइटमा सीएनएन र स्ट्रिमिङ साइट ट्विच र हुलु पनि रहेका थिए ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया