एफबीआईले बनाएको एपबाट यसरी पक्राउ परे ८ सयभन्दा बढी अपराधी

 जेठ २६, २०७८ बुधबार ११:३१:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिका, अष्ट्रेलिया र युरोपियन युनियनका अधिकारीहरूले बनाएको एपबाट विभिन्न अपराधमा संलग्न ८ सयभन्दा बढी पक्राउ परेका छन् ।

अमेरिकाको संघीय जाँच ब्युरो (एफबीआई)ले एएनओएम नामक एप बनाएको थियो । यसलाई सादा पोशाकमा खटिएका सुरक्षा अधिकारीहरुले नै आपराधिक गिरोहका नाइकेहरुलाई दिएका थिए । एपबाट आदानप्रदान हुने  ‘मेसेज’हरू गोप्य हुने भएकाले संसारभर विभिन्न अपराधमा संलग्न अपराधीहरूले यो एप चलाउन थाले । यो एप प्रयोग गर्न थालेपछि उनीहरुको योजना थाहा पाउन प्रहरीलाई सजिलो भएको थियो ।

प्रयोगकर्ताले एपमार्फत् एक अर्कासँग आपराधिक योजना आदानप्रदान गर्न थालेका थिए । अन्तर्राष्ट्रिय कानुन कार्यान्वयन गराउने अधिकारीले तीन वर्षदेखि अपराधमा सलंग्न व्यक्तिहरुको खोजीका लागि अपरेशन सुरु गरेका हुन् । यस क्रममा उनीहरुले दुई करोड म्यासेजहरु प्राप्त गरे भने कयौँ देशबाट सयौँलाई हिरासतमा लिए ।

विश्वमा वर्षौंदेखि संगठित अपराधलाई भत्काउन तथा अन्तर्राष्ट्रिय रुपमा भईरहेको लागुऔषधको कारोबारलाई नियन्त्रण गर्न, हतियार तथा विस्फोटक पदार्थको तस्करी र हत्याबारे छलफल गर्न एप बनाईएको थियो । जसलाई अपराधीहरुले यसरी विश्वास गरे कि उनीहरुले कुनै कोड भाषामा नभई यसमा तस्करी, अपहरण तथा अन्य आफ्ना गतिविधिबारे सिधै सरल भाषामा एक अर्कालाई भन्ने गर्दथे । 

मंगलबार, यो अपरेशनबारे जानकारी दिँदै अधिकारीहरुले ४५ भाषामा कयौँ देशबाट २ करोड भन्दा धेरै ‘म्यासेज’ प्राप्त गरेको र ८ सय भन्दा धेरैलाई पक्राउ गरेको जानकारी दिए। धेरैजसो गएको दुई दिनमा पक्राउ परेका थिए । यो एपमा लागुपदार्थ, जाँड रक्सीको कारोबार, धन सञ्चित तथा उच्चस्तरीय भ्रष्टाचारबारे चर्चा परिचर्चा गर्न र जानकारी दिन खुला गरिएको थियो । अपराधीहरुले यो एपलाई गोप्य मान्दै सजिलै सबै जानकारी दिन थाले । यसैक्रममा अधिकारीहरुले उनीहरुको सन्देश तथा जानकारी जफत गर्दै अनुसन्धान थाले ।

यो एपको माध्यमबाट गरिएको अपरेशनमा अधिकारीहरु अन्तर्राष्ट्रिय रुपमा संगठित अपराधलाई नियन्त्रण गर्न सफल भए । युरोप तथा युरोपेली एजेन्सीले यसलाई अपराधविरुद्धको लडाईंमा अहिलेसम्मकै ठूलो सफलताको रुपमा वर्णन गरेका छन् । उनीहरुले आदानप्रदान गर्ने मेसेजहरूको आधारमा अहिलेसम्म ८ सयभन्दा बढीलाई पक्राउ गरिएको हो ।

अहिलेसम्म अष्ट्रेलियामा २ सय २४, न्युजिल्यान्डमा ३५, स्विडेनमा ७५, जर्मनीमा ६०, नेदरल्यान्डमा ४९ जनालाई पक्राउ गरिएको छ । उनीहरूबाट ठूलो मात्रामा लागु औषधसहित १४ करोड ८० लाख डलर पनि बरामद गरिएको एफबीआईले जनाएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया