अमेरिकाका यी अर्बपतिले 'निकै कम ट्याक्स तिर्छन्'

 जेठ २६, २०७८ बुधबार १७:५९:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिका अर्बपतिहरूले निकै कम आयकर (ट्याक्स) बुझाउने गरेकाे एक न्युज वेबसाइटले दाबी गरेकाे छ । 

प्रोपब्लिका मा लिक भएकाे जानकारीअनुसार अमेरिकामा २५ सबैभन्दा धनी व्यक्ति औसत आफ्नाे आयकाे मात्र १५ दशमलव ८ प्रतिशत ट्याक्स तिर्छन् । याे अमेरिकाकाे आम कामदारकाे तुलनामा निकै कम हाे । 

प्रोपब्लिकाले जेफ बेजोस, एलनन मस्क र वारेन बफेटसहित विश्वका सबैभन्दा धनी व्यक्तिहरूको कर चुक्ता दस्ताबेज देखेको बताएको छ।

वेबसाइटले एमेजनका बेजाेसले सन् २००७ र २०११ मा कुनै ट्याक्स नभरेकाे र टेस्लाका मस्कले २०१८ मा ट्याक्स नभरेकाे आराेप लगाएकाे छ । 

यी दाबी पुष्टि गर्न नसकिएकाे बीबीसीले जनाएकाे छ । 

आउँदा हप्तामा अझ धेरै जानकारी सार्वजनिक गर्ने प्राेपब्लिकाले बताएकाे छ । 

ह्वाइट हाउका प्रवक्ताले यस लिकलाई अवैध बताउँदै एफबीआई र आयकर विभागका अधिकारीले यसबारेमा जाँच गर्ने बताउनुभएकाे छ । 

धनी व्यक्तिले कम ट्याक्स भर्ने गर्छन् जसका कारण आर्थिक विषमताकाे खाडल झन् बढिरहेकाे छ भन्ने विषयमा बहस भइरहेका बेला याे जानकारी लिक भएकाे हाे ।   

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया