प्रदेश-२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गरिँदै

 जेठ २७, २०७८ बिहिबार ८:४१:१३ | धनवीर महतो
unn.prixa.net

महाेत्तरी - प्रदेश-२ को सरकारले आउँदाे आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । यसअघि मङ्गलवारको प्रदेश सभा बैठकमा विपक्षी दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले पालिकालाई पठाएको ससर्त अनुदान सांसदहरुसँग सल्लाह नै नगरि पठाएको भन्दै बैठक अवरुद्ध गरेका थिए ।

हिजो मुख्यमन्त्री लालबाबु राउतले ससर्त अनुदान सच्याउने प्रतिबद्धता जनाएपछि प्रदेश सभा बैठक सञ्चालन भएको र आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया