बालुवाटारबाट पक्राउ परेका नारायण वाग्ले, खगेन्द्र सङ्ग्रौलासहित १८ जना नागरिक अगुवाहरु रिहा

 जेठ २८, २०७८ शुक्रबार २०:८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विरोध प्रदर्शनका क्रममा काठमाण्डाैको बालुवाटारबाट पक्राउ परेका नारायण वाग्ले, खगेन्द्र सङ्ग्रौलासहित १८ जना नागरिक अगुवाहरु रिहा भएका छन् ।

सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारी विरुद्ध उनीहरुले प्रदर्शन गरेका थिए । निषेधाज्ञाको समयमा विरोध प्रदर्शन गरेको भन्दै दिउँसाे उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे थियो ।

उनीहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन’, ‘सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायत लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया