खोटाङमा पुनर्निर्माण प्राधिकरणको लगानीमा बन्दै गरेको सडकको ढल जीर्ण

 जेठ २९, २०७८ शनिबार १३:२५:१५ | दमन राई
unn.prixa.net

खोटाङ - खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम नसकिँदै ढल जीर्ण बनेको  छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक लगानीमा बन्दै गरेको दिक्तेल–आहाले सडकको कालोपत्रे नहुँदै कुनामा बनाइएको ढल चर्किएर जीर्ण बनेको हो ।

विभिन्न खण्डमा ढल जीर्ण भएपछि स्थानीयबासिन्दाले गुणस्तरमाथि आशङ्का गरेका छन् । ढल निर्माणका क्रममा निर्माण कम्पनी याक्थुङहाङ साप सिरुवा जेभीले ढुङ्गा ठाडो पारेर पर्खाल लगाएको छ । निर्माण कम्पनीको अघिल्लो प्रतिनिधिले निर्माणका क्रममा गुणस्तरहीन ढुङ्गा प्रयोग गराएका कारण ढल जीर्ण बन्न पुगेको निर्माण कम्पनीका प्रतिनिधि खगेन्द्र राईले बताउनुभयो ।

चर्केको र फुटेको ढल पुनर्निर्माण गर्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ । दिक्तेल–आहाले सडक कालोपत्रेको म्याद सकिएको १० दिनपछि दिक्तेलबजारको अस्पताल चोकबाट आरसीसी ढलान सुरु गरिएको छ । अस्पताल चोकबाट खानीडाँडा विमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको प्रथम पटक थप भएको म्याद गएको वैशाख २९ गते सकिएको थियो ।

निर्माण कम्पनी याक्थुङहाङ साप रुवा जेभीले २०७६ साल चैत ७ गतेसम्मको सम्झौता म्याद गुजारेपछि गएकाे वैशाख २९ गतेसम्मका लागि म्याद थप गरिएको थियो । याक्थुङहाङ साप सिरुवा जेभीले २०७६ साल चैत ७ गतेभित्र सम्पन्न गर्नेगरी २०७५ साल असोज १ गते सडक कालोपत्रेको सम्झौता गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया