सोलुखुम्बुमा निर्माणाधीन तल्लो सोलु हाइड्रोपावर निर्माणको काम ...
माघ २४, २०८१ बिहिबार
धनुषा – धनुषामा पोखरीमा डुबेर ज्यान गुमाएका बालिकाहरूको परिवारलाई प्रदेश–२ सरकारले १/१ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने घोषणा गर्नुभएकाे हाे ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ का हुलाश यादवको पोखरीमा डुबेर शुक्रबार स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिता साहको ज्यान गएको थियो ।
मन्त्री यादवले मृतकको परिवारलाई शनिबार बिहान भेटेर राहत रकमको उपलब्ध गराउने घोषणा गर्नुभएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।