जसपाको दुवै पक्षको कारबाही कानुनसम्मत छैन, पुरानै पदाधिकारी कायम रहन्छ : निर्वाचन आयाेग

 जेठ ३०, २०७८ आइतबार १९:१०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को दुवै पक्षको कारबाहीलाई अस्वीकार गरेको छ । दुवै पक्षले गरेको कारबाही कानुनसम्मत नदेखिएको ठहरसहित आयोगले पुरानै पदाधिकारी कायम रहने निर्णय गरेको हो । 

एक जना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम विवरण अद्यावधिक गरिदिन भनी जनकारी गराएको विषयलाई कानुन र दलको विधानसम्मत मान्न नमिलेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । 

जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले एकले अर्को समूहलाई कारबाही गरेर विवरण अद्यावधिक गर्न निर्वाचन आयोगलाई निवेदन दिएका थिए । 

पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरी अद्यावधिकका लागि अनुरोध भइ आएकोमा माग बमाेजिम अद्यावधिक गर्न नमिल्ने भएकोले दुवै पक्षको कारबाहीलाई खारेज गरिदिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया