देशैभरि फैलियो मनसुनी प्रणाली

 जेठ ३१, २०७८ सोमबार ७:१९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मनसुनी प्रणाली देशैभरि फैलिएको छ । गएको शुक्रवार नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी प्रणाली देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यही हप्ता मनसुन थप सक्रिय भइ धेरै ठाउँमा मध्यम तथा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले देशका सबैजसो ठाउँमा बादल लागेको छ।

केही ठाउँमा पानी पनि परिरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । आज दिउँसो पनि देशका सबैजसो ठाउँमा बादल लाग्ने सम्भावना रहेको छ । प्रदेश-१, प्रदेश-२, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी ठाउँमा पनि सामान्यदेखि मध्यमखालको पानी पर्ने सम्भावना रहेको छ । आउँदो तीन दिनसम्म देशका धेरै ठाउँमा मेघगर्जन तथा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया