नारायणी र मनखोलामा पानीको बहाव बढ्यो : दिउँसो पनि केही ठाउँमा ठूलो पानी पर्ने

 असार २, २०७८ बुधबार ६:५४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अहिले नारायणी र मनखोलामा पानीको बहाव बढेको छ । गण्डकी र लुम्बिनीका धेरैजसो ठाउँमा पानी परेकाले नारायणी र बाग्लुङको मनखोलामा पानीको बहाव बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बाग्लुङ, म्याग्दी, स्याङ्जा, चितवन र गुल्मीका तटीय क्षेत्रहरुमा चेतावनी जारी गरेको छ । अरु बाँकी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कर्णाली, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ठूलो पानी पर्ने अनुमान गरिएका क्षेत्रका खोलामा बाढीसहित पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सर्तकता अपनाउन महाशाखाका मौसमविद् मञ्जु वासीले आग्रह गर्नुभयो । भोलि र पर्सि तुलनात्मक रुपमा कम र त्यसपछि दुई दिन देशका धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावले केही दिनदेखि लगातार पानी परेको हो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया