चीनले नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन अन्तरिक्ष यात्री पठायो

 असार ३, २०७८ बिहिबार १३:७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनले आफ्नो नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन जना अन्तरिक्ष यात्रीलाई पठाएको छ । चिनियाँ लङ मार्च टूएफ रकेटको टुप्पोमा रहेको सेन्झाउ–१२ नामको यात्रुवाहक यानमार्फत् उनीहरू अन्तरिक्षमा प्रस्थान गरेका हुन् । बेइजिङकाे समयअनुसार बिहान गोबी मरुभूमिमा रहेका भूउपग्रह प्रक्षेपण केन्द्रबाट रकेट प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ ।

चीनले पठाएको तीन अन्तरिक्ष यात्री निह हाइसङ, लिउ बोमिङ र थङ होङ्बोले पृथ्वीबाट तीन सय ८० किलोमिटरमाथि रहेको तियन्गोङमा तीन महिना बिताउने  बीबीसीमा उल्लेख छ । पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि यात्री पठाएको भने यो पहिलो पटक हो ।

यसलाई चीनको बढ्दो अन्तरिक्ष क्षमताको रूपमा हेरिएको छ । गएको छ महिनामा चीनले चन्द्रमाबाट चट्टान र माटोको नमुना ल्याएको छ र मङ्गल ग्रहमा अन्तरिक्ष यान उतारेको छ । यी दुवै काम जटिल र चुनौतीपूर्ण भएको खबरमा भनिएको छ  । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अमेरिकाको नेतृत्वमा रुस, युरोप, क्यानडा र जापान समावेश छन् । चीनले आफ्नो अन्तरिक्ष स्टेशनमा अन्य देशलाई सहभागी गराउन आफू तयार रहेको बताएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया