एक हप्तापछि खुल्याे दाङ–सल्यान सडक खण्ड

 असार ६, २०७८ आइतबार २०:२६:१८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – पहिरोले बन्द भएकाे राप्ती राजमार्ग अन्तर्गतको दाङ-सल्यान सडक खण्ड एक हप्तापछि खुलेकाे छ । दाङ–सल्यान सडक खण्ड अन्तर्गत कपुरकोट गाउँपालिका–३ दसरेलगायत ठाउँमा पहिरो गएपछि सडक बन्द भएकाे थियो । 

गएकाे असार १ गतेदेखि बन्द भएका सडक आइतवार (आज) देखि सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सडक खुलेसँगै बाटाेमा अलपत्र परेकाे सवारी साधन गन्तव्यमा लागेका छन् । बाटो खुलेसँगै दाङ हुँदै सल्यान, रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पासम्मको गाडी चल्न सुरु भएको छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया