आज विश्व योग दिवस : मानसिक रोग र आत्मसम्मान वृद्धिका लागि योग सरल र सहज उपाय

 असार ७, २०७८ सोमबार ८:६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व योग दिवस मनाइँदै छ । यो दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाउने गरिन्छ । यो दिवस सन् २०१४ बाट मनाउन सुरु गरिएको हो । 

सन् २०१६ मा युनेस्कोले समेत योगलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदाको रुपमा दर्ता गरेको छ । आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षहरूलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रीकरणको महत्त्व दिन्छ । 

आफ्नो नजरमा आफ्नो महत्त्व र उपस्थितिको मूल्य योगको माध्यमबाट जागृत हुने भएकाले मानसिक रोग र आत्मसम्मानको वृद्धिका लागि पनि योग एकमात्र सरल र सहज उपाय भएको जानकारहरु बताउँछन् । 

गौतम बुद्धदेखि क्राइस्टसम्म, शिवदेखि कृष्णसम्म अनि अरु विभिन्न दर्शन केन्द्रीत महात्माहरूले पनि आफ्नो जीवनकालमा योग अभ्यास गरेका थिए । यसैबीच सरकारले योग दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षता मुख्य समारोह समिति गठन गरेको छ । 

कोरोना भाइरसको सङ्क्रमणका कारणका समितिले आज दिवस भर्चुअल माध्यमबाट मनाउँदैछ । आज प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आतिथ्यतामा भर्चुअल माध्यममार्फत कार्यक्रम गर्न लागिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । गएको जेठ २६ गतेको मन्त्रिपरिषद् बैठकले यो दिवस मनाउनका लागि जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति रहने र समितिका अरु सदस्यहरु प्रमुख जिल्ला अधिकारीले नै तोक्ने व्यवस्था गरेको छ । 

कोरोना सङ्क्रमणले निम्त्याएको परिस्थितिका कारण स्वास्थ्यका मापदण्ड अपनाएर दिवस मनाउन सरकारले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया