चन्द्रागिरि नगर अस्पतालमा 'भेन्टिलेटर' सेवा सञ्चालनमा आउने
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिह्न खडा भएको भन्दै यही बेलामा धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताउनुभएको छ ।
बुधवार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न चिह्न खडा भएको बताउनुभएको हाे । उहाँले यस्तो बेलामा धक्का दिन सके राप्रपाको मान्यताहरू स्थापित हुने र पार्टी अग्रणी शक्तिको रूपमा स्थापित हुने बताउनुभयो । विगतका कमी–कमजोरीबाट पाठ सिक्दै, पार्टी एकतालाई अक्षुण्ण राख्दै पार्टीलाई गतिशील तुल्याउनुपर्ने आवश्यकता रहेको उहाँकाे भनाइ छ ।
अध्यक्ष थापाले भन्नुभयो, ‘अहिलेको संवैधानिक व्यवस्थामाथि प्रश्न चिह्न खडा भएको छ । यही प्रश्न चिह्न खडा भएकै बेलामा हामीले धक्का दिन सक्यौँ भने हाम्रा मान्यताहरू स्थापित हुने र साथ साथै पार्टी पनि अग्रणी शक्तिको रूपमा स्थापित हुन्छ । यो धरातलीय यथार्थ छ । अब हामीले आउँदा दिनका रणनीतिहरू तय गर्नुपर्ने हुन्छ । विगतका कमी–कमजोरीबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने आवश्यकता छ ’
अध्यक्ष थापाले पार्टीलाई माथि उठाउनका निम्ति चाँडो भन्दा चाँडो महाधिवेशन गर्नुको विकल्प नभएको पनि बताउनुभयो । पार्टी गतिहीन भएको भन्दै यही अवस्थामा चुनावमा भाग लिए पार्टीले हार बेहोर्ने पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले विगतका तिता–मिठा कुरा बिर्सेर एकताबद्ध हुन पनि पार्टी पङ्क्तिलाई आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।