दक्षिणकाली मन्दिर क्षेत्रमा मृत भेटिएकी सन्ताेषी सुब्बाकाे हत्या आराेपमा एक जना पक्राउ

 असार १०, २०७८ बिहीबार १३:४३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दक्षिणकालीको जङ्गलमा मृत अवस्थामा भेटिएकी सन्तोषी सुब्बाको हत्यारा आराेपमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले मृतक सुब्बाको हत्यारा आराेपी सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी १४ घर भइ दक्षिणकाली नगरपालिकामा बस्ने २९ वर्षीय सुरेश तिमल्सिनालाई बिहीवार सार्वजनिक गरेको हो ।

सुब्बा दक्षिणकाली नगरपालिका ७ को दक्षिणकाली मन्दिरकाे जङ्गल परिसरको पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा मङ्गलवार मृत अवस्थामा भेटिएकी थिइन् ।

गएकाे असार ६ गते मृतक सन्तोषी सुब्बाले अभियुक्त सुरेश तिमल्सिनालाई खाने र बासको समस्या भएको बताएपछि तिमल्सिनाले खाना र सुत्ने व्यवस्था आफूले काम गर्ने बसमा काम मिलाइदिन्छु भनी दक्षिणकालीको जङ्गलमा लगेर जबरजस्ती गर्न खोजेको र मृतकले प्रतिकार गर्न खोज्दा घाँटी थिची हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय अपराध महाशाखाका प्रमुख चन्द्र कुबर खापुङले बताउनुभयो ।

अभियुक्तलाई लुकिछिपी बसेको अवस्थाबाट काठमाण्डाै महानगरपालिका २७ कमलाक्षी इनबहालबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । अभियुक्तको साथबाट घटनाको बेलामा लगाएका कपडा, मृतकको मोबाइल र मेमोरी कार्डसमेत फेला परेको प्रमुख खापुङले बताउनुभयो ।   

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया