अस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन ढिला भए पनि समस्या हुँदैन : विज्ञ

 असार १४, २०७८ सोमबार १९:१४:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएको लामो समयपछि दोस्रो मात्रा खोप लगाउँदा पनि त्यसले प्रभावकारी काम गर्ने त्यो खोप उत्पादनमा संलग्न एक जना विज्ञले बताउनुभएको छ ।

अक्सफाेर्ड/आस्ट्राजेनेका खोप विकासमा संलग्न अक्सफाेर्ड खोप समूहका निर्देशक प्राध्यापक एन्ड्रयु पोलार्डले बीबीसीसँगको कुराकानीमा खोपको दोस्रो मात्रा पाउन ढिलाइ हुँदा पनि कोरोना भाइरस प्रतिरोधी प्रणाली झ्वाट्टै कमजोर नहुने बताउनुभएको छ । उहाँले ढिला गरी खोप लगाउँदा प्रतिरोधी प्रणाली अझै दिगो बन्नेसमेत बताउनुभएको छ ।

कुराकानीमा उहाँले ५० वर्षमाथिका मानिसलाई सकेसम्म पहिलो मात्रा खोप दिएर केही खोप उपलब्धताको आधारमा केही ढिला दोस्रो मात्रा दिँदा पनि प्रतिरोधी क्षमतामा असर नपर्ने बताउनुभएको छ । तर दोस्रो मात्रा लगाउनु भने अझै राम्रो हुने उहाँले बताउनुभयो । उहाँले अस्ट्राजेनिका खोपले डेल्टा र अल्फा भेरियन्टमा पनि राम्रो सुरक्षा देखाएको बताउनुभएको छ ।

नेपालमा झन्डै १४ लाख ज्येष्ठ नागरिकले दोस्रो मात्रा पर्खिरहेको कोभिशिल्ड खोप पनि अस्ट्राजेनेका/अक्सफोर्डले विकास गरेर भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको खोप हो ।

तीन दशकअघि पर्वतारोहणका लागि पहिलो पटक नेपाल आउनुभएका पोलार्ड सन् १९९४ मा सगरमाथा आरोहण गर्न आएको ब्रिटिश मेडिकल एक्सपिडिसनका उपनेता पनि हुनुहुन्थ्यो । उहाँले  कोरोना भाइरसको महामारीको उच्च जोखिम देखा परेको नेपाल जस्ता देशमा खोप नपुग्नु लाजमर्दो भएको बताउनुभएको छ ।   

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Mehtab Ansari

    June 28, 2021, 10:22 p.m.

    सरकारले खोप नल्याएर गफ ल्याइरहेको छ / आफ्नो कर्तव्यवाट बच्न मात्र खोजेको हो सरकार ...

  •  0 Reply

तपाईको प्रतिक्रिया