एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै - कोरोनाको तेस्रो लहरको जोखिम बढेकाले यसको रोकथामका लागि आवश्यक तयारी गरिएको सरकारले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्याका मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले सम्भावित जोखिमलाई ध्यान दिँदै आवश्यकताअनुसार अस्पतालमा बेड र अक्सिजन थप गरिएको तथा सीमा नाकाहरुमा परीक्षण गर्ने काम भइरहेको जानकारी दिनुभयो ।
यसको लागि सबै सचेत र जिम्मेवार हुन पनि उहाँले आग्रह गर्नुभएको छ । कोरोनाको दोस्रो लहर कायमै रहेको र तेस्रो लहरको पनि जोखिम रहेकाले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, भीडभाड नगर्ने लगायतका स्वास्थ्य मापदण्डमा ध्यान दिन उहाँको सल्लाह छ । यस्तै कोरोना भइसकेपछि पनि गम्भीर खालको स्वास्थ्य समस्या भएकालाई सरकारी अस्पतालमा जाँच गर्न उहाँले आग्रह गर्नुभएको छ ।
कोरोनापछि शरीरका कुनै अङ्गमा असर परेको भए सरकारी अस्पतालका सम्बन्धित विशेषज्ञलाई देखाउनुपर्ने उहाँले बताउनुभयो । सरकारी अस्पतालमा रहेका सामाजिक सेवा इकाईले पोस्ट कोभिडको उपचारमा आवश्यकताअनुसार छुटको व्यवस्था गर्ने उहाँको भनाइ छ । अहिले पोस्ट कोभिड अर्थात कोभिडपछिको स्वास्थ्य समस्या लिएर अस्पताल जानेहरु बढेका छन् । कोभिडपछिको स्वास्थ्य समस्या दुई, तीन महिनासम्म पनि देखिने गरेको छ ।
यसबारे थप जानकारीको लागि कोरोना क्याप्सुल सुन्नुहोस् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।