चुरोट, बिँडी नखाने मानिसमा पनि फोक्सोको क्यान्सर बढ्दै, वायु प्रदूषण मुख्य कारण

 माघ २३, २०८१ बुधबार १५:१४:३४ | एजेन्सी
unn.prixa.net

साङ्केतिक तस्वीर

पछिल्ला वर्षहरूमा चुरोट बिँडी नखाने मानिसहरूमा पनि फोक्सोको क्यान्सर बढ्दै गएको पाइएको छ । 'ल्यान्सेट रेस्पिरेटरी मेडिसिन जर्नल' मा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार चुरोट बिँडी नखाने महिला र विशेषगरी दक्षिण–पूर्वी एशियाका मानिसहरूमा फोक्सोको क्यान्सर धेरै देखिएको छ ।

यसअघि विशेषगरी चुरोट बिँडी खानेहरूमा फोक्सोको क्यान्सर देखिने गरेकोमा अहिले बढ्दो वायु प्रदूषणका कारण नखाने मानिसहरूमा पनि देखिएको अध्ययनको निष्कर्ष छ । कहिल्यै पनि चुरोट बिँडी नखाएका मानिसमा पनि फोक्सोको क्यान्सर देखिनुमा वायु प्रदूषण नै मुख्य कारण भएको अध्ययनको निष्कर्षमा उल्लेख छ ।

फोक्सोको क्यान्सर संसारमा धेरै हुने क्यान्सरमध्ये एक हो । सन् २०२२ मा फाेक्सोको क्यान्सरबाट संसारमा २५ लाख जना मानिसले ज्यान गुमाएका थिए । अनुसन्धानकर्ताहरूले वायु प्रदूषणसँग सम्बन्धित 'एडेनोकार्सिनोमा' को सबैभन्दा उच्च स्तर पूर्वी एशिया, विशेषगरी चीनमा पत्ता लागेको बताएका छन् ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया