कोरोनाको खोप नलगाई गएका श्रमिकले अब साउदीमा क्वरेण्टीन खर्च तिर्न नपर्ने

 असार १५, २०७८ मंगलबार १०:३६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोनाको खोप नलगाई साउदी जाने नेपाली श्रमिकले अब होटल क्वरेण्टीन खर्च तिर्न नपर्ने भएको छ ।

साउदीमा रहेको नेपाली दूतावासको अनुरोधमा अब रोजगारदाताले नै खोप नलगाई आएका नेपाली श्रमिकको होटल क्वरेण्टीन खर्च तिरिदिने व्यवस्था भएको दूतावासले जनाएको छ । 

साउदीबाट बिदामा आएका र साउदी फर्कन लागेका श्रमिकले संस्थागत क्वरेण्टीन खर्चको बारेमा साउदी जानु पूर्व नै रोजगारदाता कम्पनीसँग कुरा गर्न दूतावासले भनेको छ । बिदामा आएका श्रमिकको मात्र होइन नयाँ जाने श्रमिकको समेत क्वरेण्टीन खर्च रोजगारदाताले नै व्यहोर्ने व्यवस्था भएको साउदी सरकारले जनाएको छ । 

साउदीले मे २० भन्दा पछि साउदी प्रवेश गर्ने विदेशी नागरिकले अनिवार्य खोपको दुवै मात्र पूरा गरेको हुनु पर्ने र खोप नलगाएको भएमा अनिवार्य रूपमा सात दिन आफ्नै खर्चमा संस्थागत क्वरेण्टीनमा बस्नुपर्ने नियम लागू गरेको थियो । 

संस्थागत क्वरेण्टीन खर्च ३५ सय साउदी रियाल तोकिएको थियो । तर यो रकम महँगो हुने र नेपाली श्रमिकलाई संस्थागत क्वरेण्टीन खर्च तिर्न गाह्रो हुने भन्दै दूतावासले साउदीको सम्बन्धित निकायसँग श्रमिकले खर्च तिर्नु नपर्ने व्यवस्था गरिदिन अनुरोध गरेको थियो । 

दूतावासको अनुरोध पश्चात् साउदी सरकारले अब संस्थागत क्वरेण्टीन खर्च रोजगारदाताले नै तिरिदिने औपचारिक जानकारी गराएको भन्दै सम्भावित ठगीबाट बच्न साउदी जाने सबैलाई दूतावासले सचेतसमेत गराएको छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • DURGA prasad Dhakal

    June 30, 2021, 7:36 a.m.

    म साउदी जानु छ तर यो न्युज पढिसकेपछि मैले साथिलाई सुनाए र कम्पनीमा सोध्न लगाए तर उसले म दिदिन भन्यो जा दुतावासमा गएर भन, त्यही बस... भन्छ अनि मुद्धा पनि गर, तर म दिदिन भन्छ अब के गर्ने ? अनी आर्को कुरा यदि साउदी अरेबियामा गएर होटेल क्वारेन्टाइनमा एकहप्ता बस्दा नेपाली एक लाख लाग्छ तर साउदी अरेबियामा बस्ने भन्दा नेपाल मै बसालेर पठाउँदा खर्च पनि कम हुन्छ करीब करीब ६०/७० हजार त कम हुन्छ नेपाल सरकार /

  •  0 Reply

तपाईको प्रतिक्रिया