एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – भूकम्प पीडितलाई आवास अनुदानको किस्ता कात्तिक मसान्तसम्म लिइ सक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आग्रह गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले अहिलेसम्म पनि अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तभित्र तेस्रो किस्ता लिने गरी घर पुनर्निर्माण गर्न अनुरोध गरेको हो ।
समितिको बैठकले पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीलाई सम्बन्धित पालिकामा यथाशीघ्र निवेदन दिन पनि अनुरोध गरेको छ । अनुदान सम्झौता गर्न वा बाँकी किस्ता प्राप्त गर्न लाभग्राहीले प्राधिकरणले तयार गरेको कबुलियतनामा फाराम भर्नुपर्नेछ । लाभग्राही प्राधिकरणले तोकेको मापदण्ड र समयसीमाअनुसार पुनर्निर्माण गर्न मञ्जुर हुनुपर्नेछ । त्यसलाई सम्बन्धित वडाध्यक्षले सिफारिससमेत गर्नुपर्नेछ ।
त्यसैगरी बैठकले निर्माण भइसकेका निजी आवास निर्धारित मापदण्डअनुसार सुधार गर्नुपर्ने भनी सम्बन्धित प्राविधिकले गरेको सिफारिसअनुसार सुधार गर्न सहमत लाभग्राहीलाई अनुदानको बाँकी किस्ता भुक्तानी गर्ने पनि निर्णय गरेको छ ।
त्यस्तै कार्यकारी समितिले विविध कारणवश अहिलेसम्म जग्गा खरिद गर्न नसकी पुनर्निर्माण गर्न नसकेको भूमिहीन वा जोखिम बस्तीका लाभग्राहीलाई आउँदो भदौ मसान्तसम्म जग्गा खरिद गरिसक्न पनि आग्रह गरेको छ । यस्ता लाभग्राहीले पनि कात्तिक मसान्तसम्म अनुदानकाे किस्ता लिने गरी घर निर्माण गर्नुपर्नेछ ।
२०७२ सालको भूकम्पपछि अहिलेसम्म आठ लाख ५८ हजार दुई सय ८२ जना पुनर्निर्माण लाभग्राही बनेका छन् । जसमध्ये ९५ दशमलव ३७ प्रतिशत अर्थात् आठ लाख १८ हजार ६ सय २४ जनाले अनुदान सम्झौता गरेका छन् ।
अनुदान सम्झौता गरेकामध्ये पहिलो किस्ता लिने घरधुरी आठ लाख १६ हजार ६ सय, दोस्रो किस्ता लिने सात लाख २७ हजार तीन सय २८ र तेस्रो किस्ता लिने घरधुरी ६ लाख ६५ हजार दुई सय ३३ छन् । अनुदान सम्झौता गरेकामध्ये ७४ दशमलव ६८ प्रतिशत अर्थात् ६ लाख ११ हजार दुई सय ४१ घरधुरीले निजी आवास पुनर्निर्माण सम्पन्न गरिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अनिल बस्नेत
July 4, 2021, 12:11 a.m.पुर्न क्षति भएकाे घर आम्सिक क्षति मा नाम निस्कियाे । पछि आम्सिक क्षति भयकाले घर बनायर पुरानाे घर भत्काऊने अनि पुर्न क्षतिकाे रकम आऊछ भन्ने कुरा भयकाे मा दाेस्राे किस्ता नआयकाे । वडा मा कुरा गर्दा जिल्ला बाटै नाम नआयकाे भन्ने खवर पाईयाे । कसरि शमाधान हाेल।पहिलाे किस्ता लिएर घर बनाउन शम्झाैता गरि घर बनाएकाे ।