पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा तीन हजार चार सय ५१ जना निको भएसँगै कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार दुई सय ७४ मा झरेको हाे ।
नेपालमा अहिलेसम्म ६ लाख तीन हजार ६ सय जना कोरोना सङ्क्रमणबाट निको भइसकेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६ हजार पाँच सय ६६ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ९१ जना र चार हजार तीस जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय आठ जना गरी दुई हजार दुई सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ४२ हजार ५३ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३६ हजार सात सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।
यस्तै थप ३४ जनाको काेराेना सङ्क्रमणबाट ज्यान गएसँगै नेपालमा अहिलेसम्म काेभिड–१९ का कारण ज्यान गुमाउनेकाे सङ्ख्या नौ हजार एक सय ७९ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।