सप्तकाेशीमा पानीकाे बहाव बढ्दै

 असार १८, २०७८ शुक्रबार १९:१९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – गएकाे केही दिनयता सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोशीको जलस्तर बढिरहेको हो । 

सामान्यतया नदीको बहावमा ५० देखि ७० हजार क्युसेक प्रतिसेकेन्ड पानी रहने कोशीको बहाव पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ । आज बेलुकाकाे मापनअनुसार कोशी ब्यारेज भएर एक लाख ५५ हजार नाै सय ७५ क्युसेक पानी बगिरहेको छ । 

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार एक लाख ५५ हजार नाै सय ७५ क्युसेक प्रतिसेकेन्ड बहाव मापन हुँदा ब्यारेजका २४ वटा ढोका खोलिएका छन् । कोशीको पछिल्लो मापनअनुसार नदीको बहावमा निरन्तर वृद्धि भइरहेको छ । 

सुनसरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तर घटबढको क्रम भइरहे पनि अहिलेसम्म तटीय क्षेत्रमा भने कुनै पनि खतरा नरहेको बताएको छ । प्रशासनले सबै तटबन्ध र स्पर सुरक्षित रहेको र नियमित अनुगमनसमेत भइरहेकाे बताएको छ । 

निरन्तर वर्षा भइरहेको हुँदा नदीको बहाव जुनसुकै बेला बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भने सूचित गर्दै आएको सुनसरी प्रशासनले जनाएको छ ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया