एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै - लगातारको वर्षाका कारण मुग्लिङ–नारायणगढसहित विभिन्न सडक बन्द भएका छन् । बाढी पहिरोका कारण १७ ठाउँमा सडक बन्द रहेको छ । ५३ वटा सडक खण्ड भने एकतर्फी रुपमा खुलेका सडक विभागले जनाएको छ ।
मुग्लिङ–नारायणगढ सडकमा हिजो पहिरो हटाएको आधा घण्टामै फेरि पहिरो खसेपछि अहिलेसम्म सडक खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो । तीन किलो, चार किलो र सेतीदोभानमा पहिरो खसेको छ । सकेसम्म छिट्टै खुलाउने गरी आज बिहानैदेखि पहिराे हटाउन लागिपरेको पनि उहाँले जानकारी दिनुभयो ।
पहिरोले बन्द पृथ्वी राजमार्ग अन्तर्गतकाे मुग्लिङ–धादिङ खण्ड भने बिहानदेखि खुलेको छ । कुरिनटार, घोप्टेभीरमा खसेको पहिरो हटाएपछि पोखरा–तनहुँ हुँदै काठमाण्डौ आउने जाने गाडी चलेका चितवनका प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।
यस्तै हेटौँडा–काठमाण्डौ जोड्ने भीमफेदी–कुलेखानी सडक, त्रिभुवनराजपथ, कान्तिलोकपथ पनि बन्द छन् । भीमफेदी गाउँपालिका वडा नम्बर– १ बाघझोरा, भैँसे भीमफेदी फाखेल र सिस्नेरी सडक खण्ड भीमफेदी गाउँपालिका वडा नम्बर–२ पान्द्राङ, भीमफेदी गाउँपालिका वडा नम्बर–६ गढी, देराली, ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर–४ महालक्ष्मीखोला, ईन्द्रसरोवर–२ कुलेखानी र कान्तिलोकपथ अन्तर्गत भीमफेदी–८ कोगटेमा पिच नै बगाएको छ भने ललितपुरको भट्टेडाँडामा पहिरो खसेको छ ।
त्रिभुवन राजपथ अन्तर्गत भैँसे पालुङ नौबिसे खण्डको भीमफेदी गाउँपालिका वडा नम्बर–९ अघोर, थाहा नगरपालिका वडा नम्बर–६ खानीगाउँ र वडा नम्बर–१२ गैरीगाउँमा सडक बन्द रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।