वाग्मतीमा पानीको बहावले सतर्कता तह पार गर्यो : अरु केही नदीमा बहाव बढ्दो

 असार १९, २०७८ शनिबार ११:११:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - वाग्मतीमा पानीको बहाव बढेपछि सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले मकवानपुर आसपासका बासिन्दालाई चेतावनी जारी गरेको छ ।

रौतहट कर्मैया पधेरादोभानमा पनि वाग्मती नदीमा जलसतहले खतरा तह पार गरेकाले तटीय क्षेत्र र डुबान भइरहने ठाउँमा सुरक्षित रहन भनिएको छ । त्यस्तै आज भोटेकोशी, तामाकोशी, दुधकोशी, सुनकोशीलगायत कोशीका सहायक नदीहरु तथा नारायणी र सहायक नदीमा पानीको बहाव बढ्ने महाशाखाले जनाएको छ ।

कन्काई र कमला जलाधारका स–साना नदीमा पनि बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया