एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले यस वर्षको बाढी तथा पहिरोमा परेर ३८ जनाको ज्यान गएको जनाएको छ ।
गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख दिल तामाङले यस वर्ष बाढी तथा पहिरोका कारण गएकाे जेठ ३१ देखि आजसम्म ३८ जनाले ज्यान गुमाएको र ३१ जना अझै हराइरहेको जानकारी दिनुभएको हो । उहाँका अनुसार बाढी पहिरोमा परि ४७ जना घाइते भएका छन् । शनिबार मात्रै गोर्खा २ र धादिङमा २ गरेर ४ जनाले पहिरोका कारणले ज्यान गुमाएको छ । अहिलेसम्म २ सय २ वटा विपदको घटनाहरु रिपोर्टिङ्ग भएको उहाँले जानकारी दिनुभयो । ४ सय ९५ घरहरु पूर्ण क्षति भएका छन् । १ सय १२ घरहरु आंशिक क्षति भएका छन् । सामुदायिक भवन, विद्यालयहरुमा पनि क्षति पुगेको छ । ३ दर्जन सरकारी कार्यालयमा क्षति भएको छ । त्यसैगरी २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्कि पुल,निर्माणाधिन र सञ्चालनमा रहेका साना ठूला गरी २५ वटा हाइड्रोमा पनि बाढीले क्षति पुराएको छ । उहाँले यो वर्षको मनसुनजन्य क्षति सुरुवातमा नै निकै भयावह बनेर आएको र आफूहरु त्यसको प्रतिकार्यमा लागेको बताउनुभयो ।
मनसुन सुरु भए लगत्तै अवरुद्ध बनेका मनाङ्ग जाने बाटो , बाजुरा जाने बाटो र सिन्धुपाल्चोकको तातोपानी नाका जाने बाटो लामो समय देखि अवरुद्ध छ । साना साना पहिरो र बाढीका कारण अवरुद्ध भएका सडक तत्काल सञ्चालनका लागि पहल गरिएको र सञ्चालन भएको भए पनि केही स्थानको बाटोहरु लामो समय देखि अवरुद्ध रहेको प्रमुख तामाङ्गले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।