एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डौ - काठमाण्डौको टोखा नगरपालिकामा टिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
गएराति पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिपरको ठक्करबाट प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकलका चालक नुवाकोटको बेलकोट नगरपालिका-६ का २६ वर्षका सन्तोष अधिकारी र मोटरसाइकलको पछाडि बस्ने त्यही ठाउँका २२ वर्षका दिपेश थापाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलकै पछाडि बस्ने ३० वर्षका सागर खतिवडा भने घाइते हुनु भएको र उहाँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा तीन जना सवार थिए । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।