बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाकाे ज्यान गयाे, ११ जना घाइते

 असार २०, २०७८ आइतबार १३:५७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बैतडी – बैतडीमा आइतवार बिहान जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेरूमा ४५ वर्षीय मानसिंह साउद, ६४ वर्षीय रामसिंह धामी र ४५ वर्षीय जय सिंह धामी रहेका छन् । दुर्घटनामा साउद, राम सिंहको घटनास्थलमै र जय सिंहको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । घाइते ११ जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा लगिएको छ । पाँच जनाको अवस्था गम्भीर छ ।

लगनबाट डडेल्धुरा जाँदै गरेको से १ ज ७३९ नम्बरको जीप बिहान सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया