पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – पछिल्लाे २४ घण्टामा नेपालमा एक हजार ६ सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार हजार आठ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ४२ जना र तीन हजार दुई सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ६१ जना गरी एक हजार ६ सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
याेसहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ४४ हजार ६ सय २२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ हजार एक सय १७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय ५२ जनासहित अहिलेसम्म ६ लाख नौ हजार दुई सय १८ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । अहिले नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार एक सय ७९ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा तथा यसअघिको विवरण प्राप्त भएको सहित थप २७ जनाको काेराेना सङ्क्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिनुभयो । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार दुई सय २५ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।