एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुई वडा विभाजनका लागि मतदान भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा विभाजनका लागि गएकाे असार १० गतेको गाउँ सभामा पेस भएको प्रस्तावअनुसार आइतवार मतदान भएको हो ।
गाउँ सभाको कुल सदस्य सङ्ख्या ३४ मध्ये टेम्मालाई विभाजन गर्ने पक्षमा सबै मत खसेको छ । त्यसको विपक्ष र तटस्थमा कुनै पनि मत नखसेको गाउँपालिकाले जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५ र ६ मा भएको व्यवस्थाअनुसार साविकको टेम्मा–३, ५, ६ र ९ लाई समेटेर एउटा वडा र साविकको टेम्मा–१, २, ४, ७ र ८ लाई समेटेर अर्को वडा बनाउन प्रस्ताव पेस भएको थियो । टेम्मा विभाजनका लागि गाउँ सभाले प्रदेशमा सिफारिसका लागि अनुमोदन गरेको छ । विभाजनका पक्षमा बहुमत खसेको मतका आधारमा अब टेम्मालाई औपचारिक रूपमा विभाजनका लागि बाटो खुलेको छ ।
यस्तै बतासेलाई विभाजन गर्नुपर्ने पक्षमा १५ र विपक्षमा १९ मत खसेको छ । तटस्थमा भने मत खसेन । बतासेलाई साविकको बतासे–१, २, ३ र ४ लाई समेटेर एउटा वडा तथा साविकको बतासे–५, ६, ७, ८ र ९ लाई समेटेर अर्को वडा बनाउन प्रस्ताव गरिएको थियो । बहुमत नपुगेकाले बतासेलाई विभाजन गर्ने प्रस्ताव गाउँ सभाबाट अस्वीकृत भएको छ । टेम्मा विभाजन भए दिप्रुङ चुOचुम्मा गाउँपालिकामा अब आठ वडा हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।