फिलिपिन्समा सैनिक विमान दुर्घटना : कम्तीमा ४५ जनाकाे ज्यान गयाे

 असार २०, २०७८ आइतबार २०:२९:१ | एजेन्सी
unn.prixa.net

तस्बिर : ट्विटर/फिल न्युज एजेन्सी

काठमाण्डाै – फिलिपिन्समा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा ४५ जनाको ज्यान गएको छ । जलिरहेको विमानको भग्नावशेषबाट दर्जनाैँ व्यक्तिलाई उद्धार गरिएकाे पनि बीबीसीले जनाएकाे छ । 

सामान पनि बाेकेकाे सैनिक विमानमा ९० भन्दा धेरै जना सवार रहेका थिए । सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने प्रयास गरिरहेको उक्त विमानले धावनमार्ग पहिल्याउन नसक्दा दुर्घटनामा परेको बताइएको छ ।

विमानमा रहेका धेरैजसो आधारभूत सैनिक तालिम पूरा गरेका व्यक्तिहरू रहेका बीबीसीले जनाएको छ ।

दुर्घटना दर्जनभन्दा बढी व्यक्ति घाइते भएकाे र पाँच जना अझै बेपत्ता रहेका सेनाले जनाएकाे छ । घाइतेहरूकाे नजिक रहेकाे एक सैनिक अस्पतालमा उपचार भइरहेकाे छ ।

स्थानीय सञ्चारमाध्यमले खिचेका तस्बिरमा दुर्घटनाग्रस्त विमानमा भुइँमा बजारिएसँगै आगलागी भएको देखिएको छ । विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरू माथि बाक्लो कालो धुँवा देखिएको छ । 

स्थानीय समयअनुसार साढे ११ बजे दुर्घटनामा परेको विमानमा रहेकाहरूलाई मुस्लिम बहुल अशान्त क्षेत्रमा चरमपन्थीसँग लड्ने एक टास्क फोर्सको हिस्साका रूपमा तैनाथ गरिँदै थियो । दक्षिणी फिलिपिन्समा थुप्रै चरमपन्थी गुट छन्, त्यसैले त्यहाँ ठूलो सङ्ख्यामा सैनिक तैनाथ रहेका छन् ।     

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया